+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको कदम, जाँचबुझ आयोग गठन

जनवाच
१ महिना अगाडी

काठमाडौं । सरकारले मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न विशेष जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणका लागि तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरिएको जानकारी दिए। आयोगमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई सदस्यका रूपमा रहेका छन्।

सरकारले आयोगलाई मिटरब्याज सम्बन्धी समस्या, यसको प्रभाव, पीडितहरूको अवस्था र आवश्यक कानुनी सुधारका उपायहरूबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ