+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू एमाले कार्यालयमा धर्ना दिन्दै

माग पूरा नभएमा चैत्र ७ देखि चैत्र १५ सम्म काठमाडौंमा रिले अनसन र चैत्र २० देखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ, फागुन २८ – विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरू आज नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा धर्ना दिन लागेका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना कार्यक्रम तय गरिएको छ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन कार्यान्वयन, अस्थायी शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, प्रधानाध्यापक नियुक्ति, शिक्षक बढुवा, सरुवा प्रक्रिया, र कार्यसम्पादन मूल्यांकनलगायतका माग अघि सारेका छन्। साथै, शिक्षकहरूलाई स्थानीय तह मातहत नराख्ने विषयलाई पनि प्रमुख एजेन्डा बनाइएको छ।

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम जारी रहेको छ। यसअघि, कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार दुई घण्टा धर्ना दिइएको थियो भने आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ।

शिक्षकहरूको आन्दोलनको कार्यतालिका:

  • फागुन २७: नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना
  • फागुन २८: नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना
  • चैत्र १: नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना
  • चैत्र २: नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना
  • चैत्र ३: राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्ना
  • चैत्र ४: जसपा, लोसपा, र राजमोका कार्यालयमा धर्ना
  • चैत्र ५: जनमत, नागरिक उन्मुक्ति, र राप्रपाको कार्यालयमा धर्ना

साथै, शिक्षक महासंघले फागुन २७ देखि चैत्र ५ गतेसम्म हरेक जिल्लाका संघीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐन पारित गराउन दवाब दिने कार्यक्रम राखेको छ।

यदि माग पूरा नभएमा चैत्र ७ देखि चैत्र १५ सम्म काठमाडौंमा रिले अनसन र चैत्र २० देखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरिएको छ। यस अवधिमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौं आएर आन्दोलनमा सहभागी हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ