काठमाडौँ, १२ मार्च – काठमाडौँ स्थित शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ। निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले आज एक सूचना जारी गर्दै, असामान्य परिस्थिति उत्पन्न भएको कारणले चुनावका सबै प्रक्रियाहरू तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, हालको स्थितिमा आगामी सूचना जारी नहुँदासम्म स्ववियूको निर्वाचन प्रक्रिया रोकिएको छ। निर्वाचनका लागि तयारी भएको समयमा यत्रा असमान्य घटनाले नयाँ परिस्थिति सिर्जना गरेको र यसले चुनावको प्रक्रिया प्रभावित बनाएको सूचित गरिएको छ।