+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

महिला उद्यमशीलता प्रवर्द्धनका लागि आत्मकथा ‘सौन्दर्य(क्रान्ति’ विमोचित

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – आत्मनिर्भर अर्थतन्त्रको आधार उद्यमशीलता भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यावसायिक क्षमता अभिवृद्धि र महिला श्रमको सम्मानमार्फत आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरेका हुन् ।

उहाँले यो विचार व्यवसायी तथा सौन्दर्यविद् कमला श्रेष्ठको आत्मकथा ‘सौन्दर्य(क्रान्ति’ विमोचन समारोहमा व्यक्त गर्नुभएको हो। विमोचन कार्यक्रममा महासंघका पूर्व अध्यक्ष भवानी राणासहित विभिन्न उद्योगी(व्यवसायी तथा शिक्षाविद्हरूको उपस्थिति थियो।

महासंघ अध्यक्ष ढकालका अनुसार सौन्दर्य र श्रृंगारलाई हाम्रो समाजमा प्रायः भौतिक सम्पन्नतासँग जोडेर हेरिन्छ। तर, सौन्दर्यकलालाई स्वास्थ्य र आत्मसम्मानसँग जोडेर हेर्नु आवश्यक रहेको भन्दै उहाँले यस क्षेत्रलाई व्यवस्थित पेशा र औपचारिक शिक्षाको रूपमा विकास गर्न कमला श्रेष्ठको योगदान महत्त्वपूर्ण रहेको बताए ।

सौन्दर्यकलालाई केवल विलासितासँग मात्रै नजोडी, स्वास्थ्यको अभिन्न अङ्गको रूपमा स्थापित गर्नुपर्ने समय आएको छ,उनले भने ।

उद्यमशीलता, आत्मनिर्भरता, र रोजगारी सिर्जना गर्नका लागि श्रेष्ठको यात्रा नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ढकालले भने , अठोट र निरन्तरता भए सफलता सम्भव छ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ तथा पूर्व उपाध्यक्ष भास्करराज राजकर्णिकारले श्रेष्ठको संघर्ष र उपलब्धिले महिला सशक्तीकरणलाई थप बल दिएको उल्लेख गरे ।

पद्मकन्या विद्याश्रमकी प्राचार्य रीता तिवारीले विद्यालयस्तरमै सौन्दर्यकलासम्बन्धी अध्ययन कार्यक्रम सुरु गरिएको जानकारी दिँदै, व्यावसायिक सीप र उद्यमशीलता प्रवर्द्धनका लागि यस्ता विषयलाई औपचारिक शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने बताए ।

‘सौन्दर्य(क्रान्ति’ आत्मकथा व्यक्तिगत अनुभव मात्रै नभई, उद्यमशीलताको कथा भएको भन्दै लेखिका श्रेष्ठले यो पुस्तक उद्यमशील बन्न चाहनेहरूसँगै स्वरोजगारको बाटो खोज्नेहरूका लागि मार्गदर्शक बन्ने आशा व्यक्त गरे ।

पुस्तकका सम्पादक कमल ढकालका अनुसार यसमा ६ वटा खण्ड र ६५ वटा शीर्षक समेटिएको छ, जसले सौन्दर्य व्यवसायको सुरुवात, संघर्ष, चुनौती र सफलताको कथा बुनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ