+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

बैठकमा विभिन्न विषयमा गहन छलफल हुने र नीति निर्माणमा प्रभाव पार्ने महत्त्वपूर्ण निर्णयहरू लिन सकिने  छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयक, अन्तर्राष्ट्रिय सम्झौता तथा प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधनको कार्यसूची रहेको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न “आमसञ्चार परिषद विधेयक, २०८१” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले “मोन्ट्रियल प्रोटोकल किंगाली संशोधन” माथि छलफल गर्ने र अनुमोदनका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। उक्त संशोधनले वातावरणीय व्यवस्थापन तथा हानिकारक ग्यासहरूको नियन्त्रणमा प्रभाव पार्ने विश्वास गरिएको छ।

साथै, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधन पनि बैठकको महत्त्वपूर्ण बुँदा रहेको छ। उनको सम्बोधनले संसदमा चलिरहेको बहसलाई नयाँ दिशा दिने अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ