+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौं महानगरको कारबाही: सार्वजनिक स्थलमा फोहोरमैला फैलाउँदा राप्रपालाई एक लाखको जरिवाना

जनवाच
१ महिना अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरूमा अव्यवस्थित रूपमा फोहोरमैला फैलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका क्षेत्रहरूमा अव्यवस्थित पोस्टर टाँस्ने, सडक तथा हरियाली क्षेत्रहरूमा फोहोर छाड्ने तथा भौतिक संरचनामा क्षति पुर्‍याएको भन्दै महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।

काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ बमोजिम उक्त जरिवाना तोकेको हो। सार्वजनिक स्थानमा सफाइ राख्नुपर्ने दायित्व बेवास्ता गरिएको भन्दै महानगरले भविष्यमा यस्ता कार्य दोहोरिए थप कडा कारबाही हुने चेतावनी समेत दिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ