+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पूर्वराजाको स्वागत तयारी तीव्र, राप्रपा अध्यक्ष लिङ्देन भने अनुपस्थित

पूर्वराजा शाह पोखरामा एक साता लामो बसाइपछि आज दिउँसो काठमाडौं फर्किंदैछन्। उनको आगमनलाई राजावादी पार्टी तथा संघसंस्थाहरूले शक्ति प्रदर्शनको रूपमा लिएको देखिन्छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनलाई लिएर राजावादी समूहहरूले भव्य स्वागत तयारी गरेका छन्। तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने यस स्वागत कार्यक्रममा सहभागी नहुने भएका छन्।

राप्रपाले स्वागतको जिम्मेवारी प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ। शाहीले आफूहरूलाई जिम्मा दिइएको पुष्टि गर्दै भने, ‘अध्यक्षज्यु सहभागी हुनुहुन्न, उहाँले हामीलाई कार्यक्रम अघि बढाउन निर्देशन दिनुभएको छ।’

पूर्वराजाको स्वागत गर्न गौशाला र तीनकुने क्षेत्रमा राजावादी समर्थकहरू भेला हुनेछन्। उनीहरू त्यहाँबाट विमानस्थलको मुख्य गेटतर्फ अघि बढ्ने र पूर्वराजासँगै र्‍याली गर्दै निर्मल निवाससम्म पुग्ने कार्यक्रम छ।

यस भव्य र्‍यालीलाई लिएर काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको छ। भिड अनियन्त्रित हुन नदिन काठमाडौंका संवेदनशील क्षेत्रहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ