+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पूर्वराजाको आगमन : काठमाडौंमा सुरक्षा सतर्कता, कडा निगरानी

जनवाच
१ महिना अगाडी

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साताको बसाइँपछि आज काठमाडौं फर्कँदैछन्। उनको आगमनलाई लिएर राजावादी समूहहरू उत्साहित छन्, तर सुरक्षा निकाय भने सम्भावित भीड नियन्त्रणमा केन्द्रित छन्।

काठमाडौंका विभिन्न संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार संग्रहालय, र मुख्य चोकहरूमा बिहानैदेखि सुरक्षाकर्मी परिचालित छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेक तामाङका अनुसार भीड अनियन्त्रित हुन सक्ने आँकलन गर्दै सुरक्षा रणनीति तयार पारिएको छ। ‘परिस्थिति जस्तो आए पनि नियन्त्रण गर्न सक्ने तयारी गरिएको छ,’ उनले भने।

सुरक्षा स्रोतका अनुसार राजावादी समूहहरूले पूर्वराजाको स्वागतका लागि जुलुस निकाल्ने तयारी गरिरहेका छन्। यसैक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा सम्भावित अवाञ्छित गतिविधि रोक्न आवश्यक रणनीति बनाइएको छ।

स्रोतका अनुसार ‘आवश्यकता अनुसार चारवटै सुरक्षा निकाय परिचालन गरिने’ तयारी गरिएको छ। हाल काठमाडौंका मुख्य चोकहरूमा बर्दीधारी र सादा पोशाकका सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ