+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

महिला सशक्तिकरणको सम्मान: २० विशिष्ट महिलालाई ‘जय जानकी’ अवार्ड

जनवाच
१ महिना अगाडी

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मधेशी पत्रकार समाज नेपाल (एमजेएस) र मधेशी एसोसिएसन इन अमेरिका (माद्दारा) ले विभिन्न क्षेत्रका २० जना विशिष्ट महिलालाई ‘जय जानकी अन्तर्राष्ट्रिय सम्मान’ द्वारा सम्मानित गरेका छन्।

शनिबार आयोजित विशेष कार्यक्रममा देश तथा विदेशका विभिन्न विधामा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन कुमार सिंहले जानकारी दिए।

सम्मानित व्यक्तित्वहरू

नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा लगायतलाई सम्मान गरिएको छ।

अन्तर्राष्ट्रियस्तरबाट भारतकी चर्चित लोकगायिका स्वर्गीय सारदा सिन्हालाई मरणोपरान्त ‘लाइफटाइम मेमोरियल एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। भारतकै अर्थमन्त्री निर्मला सिथारमण, चर्चित मैथिली लोकगायिका मैथिली ठाकुर, सिमा परासर, डा. अश्विनी क्षिरसागर पनि सम्मानित भए।

त्यस्तै, बंगलादेशबाट पत्रकार उमपा ज्योश्री कुन्डु, थाइल्यान्डबाट ज्योतिषी तनुश्री दुबे, बेलायतबाट गैरआवासीय नेपाली अभियन्ता रोजिना प्रधान राई, अमेरिकाबाट शशी साह तथा अष्ट्रेलियाबाट अनिशा सिंहलाई पनि सम्मान प्रदान गरिएको थियो।

महिला अधिकारको अवस्थाबारे छलफल

कार्यक्रमको पहिलो चरणमा आयोजित छलफल सत्रमा नेकपा एमालेकी सांसद जुली महासेठ, जसपाकी सांसद रन्जु ठाकुर, जसपा नेपालकी सांसद रेखा यादव, महिला अधिकारकर्मी मोहना अन्सारी, लेखिका डा. मञ्चला झा, कलाकार सरिता साह र पत्रकार स्नेहा झाले आ–आफ्ना विचार राखेका थिए।

छलफलका वक्ताहरूले महिला अधिकारका कानुनी प्रावधानहरू भए पनि व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेको बताए। महिलाको सशक्तिकरणका लागि अझै लामो संघर्ष गर्नुपर्नेमा उनीहरूले एकमत जनाए।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ