+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

उदयपुरमा जीपको ठक्कर : घरको पेटीमै बसिरहेका दुई दिदीबहिनीको मृत्यु

जनवाच
१ महिना अगाडी

काठमाडौं – उदयपुरको त्रियुगा नगरपालिका–१२, डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दुई दिदीबहिनीको दुखद निधन भएको छ।

गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीप भित्री सडकमा अनियन्त्रित भई घरको पेटीमा बसिरहेका १२ वर्षीया देवीकुमारी दास र १४ वर्षीया अनुकुमारी दासलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सप्तरीको राजविराज घर भई त्रियुगा नगरपालिका–१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका छोरीहरू दुर्घटनामा परेका हुन्।

घटनास्थलमै देवीकुमारीको ज्यान गएको थियो भने गम्भीर घाइते अनुकुमारीलाई तत्काल जिल्ला अस्पताल, उदयपुर लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

सवारी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ