+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौं महानगरमा प्रशासनिक विवाद : प्रमुख प्रशासकीय अधिकृतलाई अवरोध

यस घटनाले काठमाडौं महानगरको प्रशासनिक स्थिरता र सङ्घीय सरकारबीचको सम्बन्धलाई नयाँ मोड दिएको छ । बालेनको अडान र मन्त्रालयको निर्णयबीच अबको बाटो कस्तो हुने छ ।

जनवाच
१ महिना अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंको हाजिरी रोकिएको विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हस्तक्षेप गरेको छ । मन्त्रालयले गुरागाईंलाई सहज रूपमा काम गर्न दिन महानगरलाई अनुरोध गरेको हो ।

मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका गुरागाईंले गत पुस ८ गतेदेखि कार्यकक्षमै प्रवेश गर्न नपाएको गुनासो मन्त्रालयमा दिएका थिए । उनका अनुसार महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले कार्यकक्षमा ताला लगाउँदै अवरोध सिर्जना गरेका छन् ।

गुरागाईंले मन्त्रालयसमक्ष लिखित निवेदन दिएपछि मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौं महानगरलाई पत्राचार गर्दै हाजिर हुन दिन आग्रह गरेको छ । पत्रमा उल्लेख छ, “कार्यालयमा प्रवेश गर्न नदिइ कार्य वातावरण विथोलिएको छ, त्यसैले आवश्यक व्यवस्थापन गरी निजलाई कार्य सम्पादन गर्न दिनुहोस्।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’का प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई सङ्घीय सरकारले भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरमा खटाएको थियो । तर, बालेनले उनलाई स्वीकार नगरी सङ्घीय सरकारको निर्णयविरुद्ध उभिएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ