+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट शुक्रबार, १ लाख ८४ हजारलाई मात्र सेयर

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २२ – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट शुक्रबार बिहान ८:३० बजे हुने भएको छ।

यसअघि आज (बिहीबार) बाँडफाँट गर्ने तयारी गरिएको थियो, तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय बिहीबार बिहान परेकाले आइपीओ बाँडफाँट एक दिन पछाडि सारिएको हो। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल का अनुसार बाँडफाँटपछि नतिजा सार्वजनिक गरिनेछ।

नेपाल माइक्रोले फागुन ११ देखि १५ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। तर, यसमा १९ लाख ९७७ जनाले आवेदन दिएका कारण गोलाप्रथामार्फत मात्र १ लाख ८४ हजार ५०० जनाले सेयर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ