+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

कुमारी बैंकका संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिन सकिने

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २२ – कुमारी बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले प्राथमिकता पाउनेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन २२) देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी जानुपर्नेछ।

बैंकले बिक्री हुने सेयरको मूल्य बिक्रेताले तोक्ने जानकारी दिएको छ। यदि तोकिएको अवधिमा हालका संस्थापक सेयरधनीहरूले खरिद नगरेमा, अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ