काठमाडौ। नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैया बजारबाट प्रशोचन गर्न लागेको छ। केन्द्रीय बैंकले आज दिउँसो ३ बजेसम्म उक्त रकम बराबरको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो।
२१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।
व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण भई यसमा सरिक हुने बैंक तथा वित्तीय संस्थाले साँवा तथा व्याज भुक्तानी आगामी भदौ १२ गते प्राप्त गर्नेछन्।
यो उपकरणमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।