+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक

एभरेष्ट बैंकको ऋणपत्र बिक्री सुस्ताएपछि आवेदन दिने समय थप

जनवाच
१ महिना अगाडी

काठमाडौँ । एभरेष्ट बैंकले जारी गरेको ऋणपत्र अपेक्षित मात्रामा बिक्री नभएपछि आवेदन दिने म्याद चैत ३ गतेसम्म थप गरेको छ। बैंकले ऋणपत्रमा पर्याप्त माग नआएकाले समय थप गरिएको जनाएको छ।

फागुन १८ गतेदेखि बिक्री खुला भएको एभरेष्ट बैंक डिबेन्चर २०९१” नामक ऋणपत्र १० वर्ष अवधिको हो, जसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो।

यस ऋणपत्रमध्ये १८ लाख इकाई बैंकले संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ भने १२ लाख इकाई सर्वसाधारणका लागि उपलब्ध गराइएको छ। साथै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता सुरक्षित गरिएको छ।

बैंकले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। इच्छुक लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

बैंकले आवश्यकताअनुसार कुनै पनि दिन सूचना जारी गरी आवेदन प्रक्रिया बन्द गर्न सक्ने बताएको छ। एभरेष्ट बैंकको ऋणपत्र बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ