काठमाडौँ, फागुन २० । प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि देखिएको छ। यस सेसनमा सूचक ०.५५ अंकले बढेर २८७७.२२ विन्दुमा पुगेको छ।
यो समयमा ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जानकारी प्राप्त भएको छ। ७१ कम्पनीका ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएका छन्। यससेसनमा कुल १ सय ५१ वटा कारोबार गरिएको छ, जसमा ३१ कम्पनीका सेयरको मूल्य वृद्धि भएको र ३५ कम्पनीका सेयरको मूल्य घटेको छ। बाँकी कम्पनीका मूल्यमा भने कुनै पनि महत्वपूर्ण परिवर्तन भएको छैन।