काठमाडौं, फागुन २० । एनआइसी एसिया बैंकले आगामी फागुन २२ गते आफ्नो साधारण सभा आयोजना गर्न लागेको छ। यो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजेबाट शुरु हुनेछ। सभामा प्रमुख प्रस्तावहरूमा अग्राधिकार सेयर जारी गर्ने र बैंकको पुँजी संरचनामा वृद्धि गर्ने विषयमा छलफल र निर्णय गरिने छ। सभामा बैंकले आफ्नो अधिकृत पुँजीलाई १४ अर्ब ९२ करोड रुपैयाँबाट १९ अर्ब ९२ करोड रुपैयाँसम्म बढाउने प्रस्ताव प्रस्तुत गर्नेछ। यसैगरी, जारी तथा चुक्ता पुँजीलाई १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँसम्म वृद्धि गर्ने पनि प्रस्तावमा समावेश गरिएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलाई स्वीकृत गर्नेछ। साथै, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पनि अनुमोदन गरिने छ। यसको अतिरिक्त, आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको रूपमा पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल हुनेछ।