काठमाडौं। ग्लोबल आइएमई बैंकले पहिलो पटक “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ, जसमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) जस्ता प्रविधिहरूको माध्यमबाट डिजिटल बैंकिङमा नविनतम् सेवा समाधानको खोजी गरिनेछ।
यो ह्याकाथन प्रतियोगिता विशेषत: प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै आयोजित हुँदैछ। प्रतियोगिता को उद्देश्य डिजिटल बैंकिङका भविष्यका चुनौतीहरूलाई समाधान गर्दै नयाँ प्रविधीमार्फत बैंकिङ सेवा प्रदान गर्नु हो।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा आधारित गर्दै आफ्ना अनोखा धारणाहरू प्रस्तुत गर्नेछन्। यसमा उत्कृष्ट टोलीलाई नगद पुरस्कार र बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ।
ग्लोबल आइएमई बैंकका प्रवक्ता अनुसार, यस ह्याकाथनले डिजिटल बैंकिङ सेवाहरूलाई अझ प्रभावकारी बनाउनका लागि नवीनतम धारणाहरूलाई प्रोत्साहन गर्ने काम गर्ने विश्वास गरिएको छ। यस ह्याकाथनको पहिलो चरणमा अनलाइन पेपर प्रस्तुत गर्ने प्रक्रिया हुनेछ भने दोस्रो चरणमा अनसाइट ह्याकाथनको आयोजना हुनेछ।
प्रतियोगिता आगामी अप्रिल ४, २०२५ सम्म दर्ता गर्न सकिनेछ, र दोस्रो चरणको अनसाइट ह्याकाथन मे १, २०२५ मा हुनेछ।