+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

ठमेलमा संगीतको महाकुम्भ : एलओडीमा ब्राजिलियन डीजे एलोकको धमाका

काठमाडौंको नाइटलाइफलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा एलओडी क्लबले गरेको यो आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय म्युजिक इन्डस्ट्रीमा अझ मजबुत स्थान दिलाउने विश्वास गरिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । काठमाडौंको नाइटलाइफलाई अन्तर्राष्ट्रिय रंग दिने क्रममा विश्व चर्चित ब्राजिलियन डीजे एलोक ठमेलस्थित एलओडी क्लबमा प्रस्तुति दिन आउँदैछन्। मार्च ७ (शुक्रबार) का दिन एलओडी क्लबले उनलाई विशेष कार्यक्रमअन्तर्गत प्रस्तुत गर्न लागेको हो।

एलोकलाई विश्वका शीर्ष १०० डीजेमध्ये चौथो स्थानमा राखिएको छ। उनले विश्वका विभिन्न प्रतिष्ठित स्टेजहरूमा प्रस्तुति दिइसकेका छन्, जसले उनलाई इलेक्ट्रोनिक डान्स म्युजिक (EDM) को एउटा स्थापित नाम बनाएको छ। एलओडी क्लबले यसपटक नेपालका संगीतप्रेमीलाई विश्वस्तरीय अनुभव दिने अवसर ल्याएको छ।

क्लबका निर्देशक भुपेन कुँवरका अनुसार डान्स फ्लोरका लागि २ हजार रुपैयाँ र भीआईपी टिकटका लागि ३ हजार रुपैयाँ निर्धारण गरिएको छ। दर्शकहरूले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन्।

यसका साथै, क्लबले विशेष टेबल प्याकेज उपलब्ध गराउने योजना बनाएको छ, जसको मूल्य ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म तोकिएको छ।

एलओडी क्लबलाई विश्वका उत्कृष्ट नाइट क्लबहरूको सूचीमा ५० औँ स्थानमा राखिएको छ। युकेस्थित डिजे म्यागले सार्वजनिक गरेको २०२४ को सूचीमा ४९, ५२ र ५० औँ स्थानमा एलओडी क्लबलाई स्थान दिइएको थियो। आगामी वर्षको लागि समेत क्लब नोमिनेसनमा परिसकेको छ, जसले एलओडीको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको छ।

एलओडी क्लबमा यसअघि नेहा कक्कर, अर्मान मलिक, पवनदीप, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबिन बेन, ज्योतिका टंगारी जस्ता कलाकारले प्रस्तुति दिइसकेका छन्। यसपटक ब्राजिलियन डीजे एलोकको आगमनले नेपाली म्युजिक लभर्सलाई विश्वस्तरीय पार्टी अनुभव गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ