+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन, आमाछोराको सम्बन्धको भावनात्मक कथा

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाली फिल्म उद्योगमा नयाँ कथा र प्रस्तुतिसहित तयार हुँदै गरेको चलचित्र ‘जनै हराएको बाहुन’ हरितालिका तीज (भदौ १०, २०८२) मा दर्शकमाझ आउने भएको छ। नेपालसहित विदेशमा समेत एकैदिन प्रदर्शन हुने तय भएको यस चलचित्रले आमाछोराको सम्बन्ध र जीवन संघर्षको भावनात्मक कथा उठाउनेछ।

चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन्। विशेष गरी आमाले भोग्नुपरेका संघर्ष र छोराले परिवारका लागि गर्ने बलिदानको कथा चलचित्रको मुख्य थिम रहनेछ। अघिल्लो महिना सार्वजनिक गरिएको मोसन पोस्टरले दर्शकको उत्सुकता बढाएको थियो।

चलचित्रको निर्देशन हिमाल न्यौपानेले गर्दैछन्, जसका लागि यो डेब्यु निर्देशन हो। ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत चलचित्रको असोसियट निर्देशकसमेत रहेका छन्। पेपरक्लिप प्रालिको निर्माणमा तयार हुन लागेको यो सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

गाउँबाट सहर पसेका एक साधारण व्यक्तिले भोग्ने चुनौती, संघर्ष र जीवनको अप्रत्याशित मोडलाई चलचित्रले प्रस्तुत गर्नेछ। छायांकन नवीन गुरुङले गर्नेछन् भने, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक) र भिएफक्स सुपरभाइजर मयंक निरौला रहनेछन्।

चलचित्र २०८१ सालको अन्त्यसम्ममा छायांकनमा जाने योजना रहेको निर्माण टिमले जनाएको छ। तीजलाई लक्षित गर्दै रिलिज हुन लागेको ‘जनै हराएको बाहुन’ ले नेपाली समाजको गहिरो कथा समेट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ