+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से

नेप्सेमा सीईओ नियुक्ति प्रक्रिया लम्बियो, आवेदन म्याद थप

नेप्सेमा सक्षम नेतृत्व आवश्यक रहेको बेला सीईओ नियुक्ति प्रक्रिया लम्बिँदा यसको प्रभाव बजारमा कस्तो पर्ने भन्ने चासो बढेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया लम्बिएको छ। खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न जारी आवेदन म्याद थपिएको हो।

यसअघि तोकिएको आवेदन दिने समयमा तीन दिन सार्वजनिक बिदा परेका कारण इच्छुक उम्मेदवारलाई आवेदन दिन पर्याप्त समय नभएको भन्दै आवेदन दिने अवधि ७ दिन थपिएको छ। अब इच्छुक नेपाली नागरिकले आगामी फागुन २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन्।

आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यालय समयभित्र बुझाउन सकिने नेप्सेले जनाएको छ। सीईओ छनोटका लागि गठित सिफारिस समितिले नै समय थप्ने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ