+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खलकुद

मछिन्द्रको उत्कृष्ट प्रदर्शन, उपाधिका लागि आर्मीको चुनौती

जनवाच
१ महिना अगाडी

काठमाडौं – केपी ओली कप फुटबल प्रतियोगितामा मछिन्द्र एफसीले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ। आयोजक केपी एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि यात्रालाई एक कदम अघि बढाएको हो।

दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले सुरुदेखि नै खेलमा दबाब सिर्जना गर्यो। पहिलो हाफमै मनिष डाँगीको गोलमार्फत अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप तीन गोल गर्दै प्रतियोगिताबाट आयोजक केपी एफसीलाई बाहिर पठायो। मछिन्द्रका लागि स्टेफेन जमालाले दुई तथा रोशन राना र मनिष डाँगीले एकएक गोल गरे।

अब उपाधिका लागि मछिन्द्रले त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ। आर्मीले पहिलो सेमिफाइनल खेलमा संकटालाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ।

प्रतियोगिताको विजेता टिमले १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

फाइनल खेल अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ, किनकि खेललाई विशेष बनाउन इटालीलाई विश्वकप जिताएका प्रसिद्ध गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन्। सोमबार हुने फाइनल खेल नेपाली फुटबलप्रेमीहरूका लागि विशेष क्षण बन्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ