+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

च्याम्पियन्स ट्रफी: इंग्ल्यान्डको खराब प्रदर्शन, दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य

अब दक्षिण अफ्रिकाले १८० रनको लक्ष्य भेट्दै जित निकाल्ने प्रयास गर्नेछ, भने इंग्ल्यान्डको बलिङ आक्रमणले खेललाई प्रतिस्पर्धात्मक बनाउनुपर्नेछ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ – इंग्ल्यान्डको ब्याटिङ लय कमजोर देखिँदा च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड ३८.२ ओभरमै अलआउट हुँदै १७९ रन मात्रै बनाउन सफल भयो। शीर्षक्रमका ब्याटरले राम्रो सुरुआत गरे पनि मध्यक्रमले निरन्तर विकेट गुमाउँदा टोलीले ठुलो स्कोर बनाउन सकेन।

इंग्ल्यान्डका लागि जो रुटले सर्वाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४ र कप्तान जोस बटलरले २१ रन जोडे। अन्य ब्याटरहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

दक्षिण अफ्रिकाका बलरहरूले उत्कृष्ट बलिङ गर्दै इंग्ल्यान्डलाई ठूलो स्कोर बनाउन दिएनन्। मार्को जानसेन र विआन मल्डरले ३-३ विकेट लिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक-एक विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ