+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

बझाङमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी, युवक पक्राउ

जनवाच
१ महिना अगाडी

काठमाडौँ- १७ फागुन  बझाङमा एक १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मस्टा गाउँपालिका–४ निवासी २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरिएको हो। उनी जयपृथ्वी नगरपालिका-१०, चैनपुरमा डेरा गरी बस्दै आएका थिए।

पीडित बालिकाले प्रहरीसमक्ष उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उपाध्यायलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ