+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान बागमतीभर लागू गरिँदै

सडक सुरक्षामा सचेतना वृद्धि गर्न विद्यालय तहबाटै प्रयास गरिनु सकारात्मक कदम मानिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १७ । सडक सुरक्षा र ट्राफिक नियमको चेतना वृद्धि गर्ने उद्देश्यसहित चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ अब बागमती प्रदेशभर लागू गरिँदैछ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर द्वारा माघ ११ मा सुरु गरिएको यो अभियानअन्तर्गत विद्यालयका शिक्षकहरूलाई ट्राफिक नियमसम्बन्धी तालिम दिइनेछ। तालिमप्राप्त शिक्षकहरूले प्रत्येक हप्ता विद्यार्थीहरूलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन गर्नेछन्।

चितवनका ५ सय ८ जना शिक्षक तालिम प्राप्त गरिसकेका छन् भने ७ वटा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। अभियानलाई बागमतीका सबै जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको एसपी नरेश सुवेदी बताउँछन्।

‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अवधारणाअन्तर्गत सवारी दुर्घटनाको अवस्था, चुनौती, जबाफदेहिता, र सुरक्षा उपायहरूबारे शिक्षकहरूलाई प्रशिक्षण दिइनेछ। प्रशिक्षित शिक्षकहरूले विद्यार्थीलाई सडक नियमको पालना र दुर्घटनाबाट जोगिने उपाय सिकाउनेछन्।

ट्राफिक नियमलाई ‘जीवन-मरणको नियम’ भन्दै चितवन ट्राफिक प्रहरीका इनस्पेक्टर गायत्रीराज शर्मा भन्छन्, “विद्यार्थीसम्म ट्राफिक ज्ञान पुर्‍याउन सके सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”

बागमती प्रदेशमा चालक प्रतिबद्धता, शारीरिक परीक्षण, यान्त्रिक परीक्षण, र लापसे परीक्षण जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्। तर, सडक प्रयोगकर्ताको प्रवृत्तिमा सुधार गर्नु चुनौती रहेको एसपी सुवेदी बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ