+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

केपी ओली कपको दोस्रो सेमिफाइनलमा आज केपी ओली एफसी र मछिन्द्र भिड्दै

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १७ । काठमाडौँमा जारी केपी ओली कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुँदैछ। सेमिफाइनल भिडन्तमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लब आमनेसामने हुनेछन्।

केपी ओली एफसी ले न्यूरोड टिमलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो भने मछिन्द्र क्लब ले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब ले संकटालाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

अब आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेता आर्मी क्लबसँग सोमबार हुने फाइनल खेलमा उपाधिका लागि भिड्नेछ। दशरथ रंगशालामा जारी प्रतियोगिताले नेपाली फुटबलप्रेमीको उत्साहलाई थप बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ