+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाथरुमका यी ३ सामानले बढाउन सक्छ स्वास्थ्य समस्या, सचेत बन्नुहोस्

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १७ । बाथरुम सफा राख्ने कुरा मात्र पर्याप्त छैन, त्यहाँ राखिएका केही सामानहरूले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छन्। घरको सबैभन्दा सफा देखिने ठाउँ बाथरुम भए पनि त्यहाँ भएका केही वस्तुले विभिन्न रोग निम्त्याउने खतरा रहन्छ।

यदि बाथरुममा राखिएका यी तीन चिजमा ध्यान नदिइयो भने तपाईं अन्जानमै स्वास्थ्य जोखिममा पर्न सक्नुहुन्छ।

दाँत सफा गर्न हामी हरेक दिन ब्रश गर्छौं, तर ब्रशको म्याद सकिएको छ कि छैन भन्ने धेरैले ध्यान दिँदैनन्। तीन महिनाभन्दा बढी प्रयोग गरिएको ब्रशको ब्रिस्टल कमजोर हुन्छ, जसले दाँत सफा गर्ने क्षमतामा असर गर्छ र गिजामा सूजन तथा इन्फेक्शन निम्त्याउन सक्छ।

पुरुषहरू मात्र होइन, अहिले महिलाहरू पनि अनुहार र शरीरका अन्य भागमा सेभिङ रेजर प्रयोग गर्छन्। तर, एकै रेजर बारम्बार प्रयोग गर्दा छालामा संक्रमण हुन सक्छ। डाक्टरहरूका अनुसार एउटा रेजर अधिकतम पाँच पटक मात्र प्रयोग गर्नुपर्छ।

ब्रसिङ प्रविधि सही छ भने माउथवाशको खासै आवश्यकता पर्दैन। एन्टिमाइक्रोबियल माउथवाशहरूमा हुने केही हानिकारक रसायनले आन्द्राको स्वास्थ्य बिगार्न सक्छन्। नियमित रूपमा प्रयोग गर्दा मुखको प्राकृतिक ब्याक्टेरिया समेत नष्ट हुन सक्छ, जसले पाचन प्रक्रियामा असर पुर्‍याउँछ।

– ब्रश हरेक तीन महिनामा परिवर्तन गर्ने।
– सेभिङ रेजर पाँच पटकभन्दा बढी प्रयोग नगर्ने।
– माउथवाशको प्रयोग आवश्यकता अनुसार मात्र गर्ने।

बाथरुम सफा राख्नुका साथै त्यहाँ राखिने सामानप्रति पनि सचेत रहनु आवश्यक छ। स्वास्थ्य समस्याबाट बच्न स-साना कुरामा ध्यान दिनुहोस्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ