+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा : सेयरधनीलाई बोनस र नगद लाभांश वितरण प्रस्ताव

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १६ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा (एजीएम) चैत ८ गते गर्ने भएको छ। उक्त सभा काठमाण्डौको अनमोल बेंक्वेट, शंखमुलमा बिहान ११ बजे सुरु हुनेछ।

यस वर्षको साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। साथै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गरिनेछ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै, कम्पनीको रजिष्टर्ड कार्यालय स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।

सेयरधनीहरूका लागि महत्वपूर्ण जानकारी अनुसार, फागुन २६ गते बुक क्लोज हुने भएकाले फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ