शुक्रबार बिहान २:५१ बजे काठमाडौं उपत्यकामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक आसपास रहेको छ। ६.१ रेक्टर स्केलको कम्पनले काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूलाई समेत हल्लाएको थियो।
रातिको समय भएकाले धेरै मानिसहरू सुतिरहेका थिए, तर एक्कासि आएको कम्पनले स्थानीय बासिन्दा घरबाहिर निस्कन बाध्य भए। भूकम्पको असरबारे विस्तृत जानकारी आउन बाँकी छ। हालसम्म मानवीय वा भौतिक क्षतिको ठोस विवरण प्राप्त भएको छैन।