+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

उद्योग मन्त्री भण्डारीको बैतडी भ्रमण : शिक्षक अधिवेशनदेखि उद्योगीहरूसँग छलफलसम्म

जनवाच
१ महिना अगाडी

बैतडी, १५ फागुन– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडीतर्फ प्रस्थान गगरेका छन् ।

बिहान काठमाडौँबाट हवाईमार्ग हुँदै धनगढी पुगेका मन्त्री भण्डारी आजै बैतडी जाने कार्यक्रम रहेको छ। दुई दिने बैतडी बसाइका क्रममा उनि  विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनेछन।

मन्त्री भण्डारीले नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिवेशनमा विशेष उपस्थित जनाउनुका साथै जिल्लाका सरकारी कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, स्थानिय उद्योगी, व्यवसायी तथा मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाको आर्थिक तथा औद्योगिक अवस्थाबारे छलफल गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

शिक्षा, व्यापार, र स्थानीय प्रशासनसँगको संवादलाई प्राथमिकता दिँदै मन्त्री भण्डारी शनिबार काठमाडौँ फर्किने कार्यक्रम तय भएको उनका  स्वकीय सचिव आनन्द प्रसाद भट्टले जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ