काठमाडौं, १५ फागुन – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार उल्लेखनीय वृद्धि गर्दै लगानीकर्तामा उत्साह भरेको छ। मौद्रिक नीतिको समीक्षाले असल कर्जाको प्रोभिजन दर घटाएपछि सेयर बजारमा हरियाली देखिएको हो। आजको कारोबारमा नेप्से परिसूचक ४९.१५ अंकले वृद्धि भई २८१५ बिन्दुमा पुगेर रोकिएको छ। बजारमा २ करोड कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। आज कारोबारका आधारमा हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच गर्यो। बजारमा गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक, र दोर्दी खोला जलविद्युत को सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।