+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य

वीर अस्पतालमा सुधारका नयाँ योजनाहरू: दुई सिफ्टमा अपरेशन र प्रयोगशालाको क्षमता वृद्धि

जनवाच
१ महिना अगाडी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आगामी एक हप्ता भित्र दैनिक दुई सिफ्टमा अपरेशन गर्ने तयारी गरेको छ। अस्पतालको व्यवस्थापनले आगामी समयदेखि अपरेशनको कार्यक्षमता बढाउने लक्ष्य राखेर दुई सिफ्टमा अपरेशन थाल्ने निर्णय गरेको जनाएको छ।

निमित्त निर्देशक डा. समाज गौतमले बताए अनुसार, एक सिफ्टमा सञ्चालन भइरहेका अपरेशनको संख्यामा वृद्धि गर्दै अब दुई सिफ्टमा अपरेशन गरिनेछ। यस कदमले अपरेशन सेवा सहज र द्रुत बनाउन मद्दत गर्नेछ र बिरामीको संख्यामा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

अस्पतालको प्रयोगशालामा पनि सुधारका योजना तयार पारिएका छन्। डा. गौतमका अनुसार, अस्पतालको प्रयोगशालामा आवश्यक उपकरण थपिएका छन्, जसले गर्दा बिरामीलाई बाहिर जानु नपर्ने छ। अस्पताल भित्रै सबै प्रकारका परीक्षण र सेवाहरू उपलब्ध गराउनका लागि उपकरण र जनशक्ति व्यवस्थापनमा पनि सुधार गरिएको छ।

एमआरआई सेवामा पनि वृद्धि गरिएको छ। अहिले वीर अस्पतालमा दैनिक २५ एमआरआईको क्षमता रहेको थियो, जुन अब ३२ सम्म पुर्याइएको छ। यसले महिनामा २०० बढी बिरामीलाई एमआरआई सेवा उपलब्ध गराउन मद्दत पुर्याउनेछ।

वीर अस्पतालको सफा-सफाइमा सुधार ल्याउने योजनामा पनि काम भइरहेको डा. गौतमले बताए। शौचालयको सफाइको बारेमा बिरामी र कुरुवाबाट बारम्बार गुनासो उठेको थियो, जसको व्यवस्थापनका लागि विशेष टोली खटाइएको छ। सफा-सफाइमा सुधारका लागि नियमित अनुगमन र उपायहरूको कार्यान्वयन भइरहेको डा. गौतमले जानकारी दिए।

डा. गौतमले एक हप्ता अघि वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नया निर्देशक नियुक्त नगरेसम्म डा. गौतमलाई जिम्मेवारी दिएका थिए। यस अवधिमा वीर अस्पतालमा सुधारको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन मन्त्री पौडेलले निर्देशन दिएका थि, जसअनुसार सुधारका विभिन्न कदमहरू लागू गर्दै छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ