+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

१० खेलाडीमै संघर्षपूर्ण जित: म्यानचेस्टर युनाइटेडले इप्स्विच टाउनलाई पराजित गर्यो

जनवाच
१ महिना अगाडी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले १० खेलाडीमै उत्कृष्ट प्रदर्शन गर्दै इप्स्विच टाउनविरुद्ध रोमाञ्चक जित निकालेको छ। गएराति सम्पन्न खेलमा युनाइटेडले इप्स्विचलाई ३-२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको हो।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको युनाइटेडका लागि माथिस डी लाइट र ह्यारी माग्युरेले गोल गरेका थिए भने इप्स्विचका साम मोर्सीले आत्मघाती गोल उपहार दिएका थिए। इप्स्विचका लागि जाडेन फिलोगेनले दुवै गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका प्याट्रिक डोर्गुले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। यद्यपि, युनाइटेडले आफ्नो डिफेन्स मजबुत राख्दै अग्रता जोगाउन सफल भयो।

यस जितसँगै म्यानचेस्टर युनाइटेडले २७ खेलमा ३३ अंक जोडेको छ र लिगको १४औं स्थानमा उक्लिएको छ। त्यस्तै, १७ अंकमा सीमित इप्स्विच टाउन १८औं स्थानमा नै रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ