+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

म्यानचेस्टर सिटीको कठिन जित, टोटनह्याम निराश

जनवाच
१ महिना अगाडी

काठमाडौँ । इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई कडा संघर्षपछि पराजित गरेको छ ।

गएराति सम्पन्न रोमाञ्चक खेलमा सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले हराउँदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो । दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि खेलभरि टोटनह्याम सिटीको डिफेन्स तोड्न असफल रह्यो ।

यो जितसँगै म्यानचेस्टर सिटीले लिग तालिकामा सुधार गर्दै २७ खेलबाट ४७ अंक जोडेको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै, टोटनह्यामले २७ खेलमा ३३ अंक मात्रै जोड्न सकेको छ र लिगको १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ