काठमाडौँ – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र इङ्ल्याण्डबीच समुह चरणको महत्वपूर्ण खेल हुँदैछ। लाहोरस्थित गद्दाफी स्टेडियममा नेपाली समयअनुसार अपराह्न २:४५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि ‘कर या मर’ जस्तै बनेको छ। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजय बेहोरेका कारण सेमिफाइनल प्रवेशको सम्भावना जिवित राख्न आजको खेल जित्नैपर्ने अवस्था छ। हार ब्यहोरेको टोली सेमिफाइनलको होडबाट बाहिरिनेछ। इङ्ल्याण्डले आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग हार ब्यहोरेको थियो भने अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएको थियो। समुह बी मा दक्षिण अफ्रिका र अस्ट्रेलियाले समान ३ अंक जोडेका छन्, रनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। इङ्ल्याण्ड र अफगानिस्तानबीच अहिलेसम्म ३ एकदिवसीय खेल भएका छन्, जसमा इङ्ल्याण्डले २ खेल जितेको छ भने अफगानिस्तानले एक जित हासिल गरेको छ। समुह ए बाट भारत र न्यूजील्याण्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने पाकिस्तान र बंगलादेश सेमिफाइनल दौडबाट बाहिरिएका छन्। अब हेरौँ, आजको खेलमा इङ्ल्याण्ड आफ्नो दबदबा कायम राख्छ वा अफगानिस्तानले अप्रत्याशित नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बलियो बनाउँछ