+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

ताप्लेजुङमा शान्ति बहाली, निषेधाज्ञा हटाइयो

जनवाच
१ महिना अगाडी

ताप्लेजुङ – केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न तनावपछि जारी गरिएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंगलबार सूचना जारी गर्दै राति ११ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समितिको फागुन १३ गते बसेको बैठकपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा जारी गरिएको निषेधाज्ञा फिर्ता लिएको जानकारी दिए।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा ‘नो केबलकार समूह’ र प्रहरीबीच फागुन ८ गते झडप भएको थियो। झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २४ जना घाइते भएका थिए। त्यस्तै, आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय प्रशासनले स्थितिलाई शान्त राख्नका लागि निषेधाज्ञा जारी गरेको थियो। अब भने अवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ