+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

एपीएफको रोमाञ्चक सुरुवात, ब्ल्याक बुल्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनल प्रवेश

जनवाच
१ महिना अगाडी

काठमाडौं । एपीएफले केपी ओली कप फुटबल प्रतियोगितामा सनसनीपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट टुंग्याइएको थियो।

गोलकिपर एन्जल श्रेष्ठको उत्कृष्ट प्रदर्शन एपीएफका गोलकिपर एन्जल श्रेष्ठ खेलको नायक बने। उनले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टिमलाई जित दिलाए। ब्ल्याक बुल्स, जसले अघिल्लो प्रतियोगिता आहा रारा गोल्डकप जितेको थियो, यस पटक भने पहिलो खेलबाटै बाहिरिन बाध्य भयो।

अब क्वाटरफाइनलमा एपीएफले संकटा क्लबको सामना गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ