काठमाडौं – एनसेलले आफ्नो लोकप्रिय ‘फ्ल्यास सेल’ अफरलाई अब खल्ती डिजिटल वालेटमा पनि लागू गरेको छ। यस साझेदारीले ग्राहकलाई थप सुविधा प्रदान गर्दै आइतबारको दिन विशेष अफरहरू उपलब्ध गराउने लक्ष्य लिएको छ।
आफ्नै मोबाइलबाट डिजिटल कारोबारमा सहजता अब हरेक आइतबार, एनसेलका ग्राहकले खल्ती एपमार्फत विशेष ‘फ्ल्यास सेल’ अफरअन्तर्गत डेटा प्याक खरिद गर्दा अतिरिक्त बोनस डेटा, टक टाइम तथा अन्य आकर्षक उपहार जित्न सक्नेछन्। यो अफर फागुन १३ गतेदेखि चैत ९ गतेसम्म लागु हुनेछ।
फ्ल्यास सेलअन्तर्गत आकर्षक अफरहरू ग्राहकले ‘सधैं अन’, ‘होम एन्ड अवे’ तथा ‘९९९ अनलिमिटेड’ प्याकमध्ये कुनै एक किन्दा थप बोनस लाभ प्राप्त गर्न सक्नेछन्। उदाहरणका लागि:
- ‘सधैं अन’ प्याक खरिद गर्दा ५ जीबी, ८ जीबी वा १० जीबी बोनस डेटा
- ‘होम एन्ड अवे’ प्याकमा ५ जीबी वा ७ जीबी अतिरिक्त डेटा
- ‘९९९ अनलिमिटेड’ प्याकमा १०० मिनेट टक टाइम बोनस
खल्तीबाट सजिलो खरिद, डिजिटल कारोबारको प्रवर्द्धन यस अफरमार्फत ग्राहकले डिजिटल वालेटमार्फत सहज रूपमा एनसेलका सेवाहरू खरिद गर्न सक्नेछन्। एनसेलका अनुसार, यो पहलले डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै ग्राहकलाई थप आकर्षक सेवा प्रदान गर्नेछ।
एनसेल एपमा शनिबारको फ्ल्यास सेल यथावत् यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमार्फत विशेष ‘फ्ल्यास सेल’ अफरलाई निरन्तरता दिएको छ। शनिबारका दिन एनसेल एपबाट सेवा खरिद गर्ने ग्राहकले बोनसका साथै २४ फागुनसम्म न्यूम्यूका सामान खरिद गर्दा २० प्रतिशत छुटसमेत पाउनेछन्।