+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

पाथीभरा केबलकार विवाद चर्किंदै, प्रशासनले निषेधाज्ञा जारी

निषेधाज्ञासँगै फुङलिङ बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनेको छ। प्रशासनले स्थिति नियन्त्रण बाहिर गए थप कडा कदम चाल्ने चेतावनी दिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, ११ फागुन – ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोधमा सुरु भएको आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको बैठकले आज बिहान ५ बजेबाट लागू हुने गरी फुङलिङ बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको हो।

झडपपछि कडा सुरक्षा व्यवस्था

शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा ‘नो केबलकार’ अभियानकर्ताहरू र सुरक्षाकर्मीबीच झडप भएपछि प्रशासनले कडा कदम चालेको हो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रदर्शनले शान्ति सुरक्षा खलबलिन सक्ने संकेत देखिएको भन्दै निषेधाज्ञा लगाउनु परेको बताए।

निषेधाज्ञा क्षेत्र तोकियो

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पाँच जनाभन्दा बढी भेला हुन, सभा–जुलुस वा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

१. फुङलिङ नगरपालिका बजार क्षेत्र

पूर्व: फुङलिङ–७, सल्लेरी

पश्चिम: फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)

उत्तर: फुङलिङ–४, उकालीपानी

दक्षिण: फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)

२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र

पूर्व: पर्यटक प्रहरी भवनको १०० मिटर इलाका

पश्चिम: बल्लुडाँडा र डडेले इलाका

उत्तर: केबलकार बेस स्टेशन

दक्षिण: नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)

विरोध किन?

केबलकार निर्माणको पक्षधरहरू यसलाई धार्मिक पर्यटन प्रवर्द्धनको सुनौलो अवसर मानिरहेका छन् भने विरोधीहरू पाथीभरा क्षेत्रको मौलिकता, पर्यावरणीय प्रभाव र सांस्कृतिक अस्मिता खलबलिने तर्क गर्दै छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ