+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

बार्सिलोनाको सहज जित, ओल्मो र टोरेज चम्किए

जनवाच
१ महिना अगाडी

काठमाडौँ: स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो शानदार लय कायम राख्दै लस पलमासलाई २-० को सहज जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा डानी ओल्मो र फेरान टोरेज ले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए।

खेलभरि बार्सिलोनाले लस पलमासलाई दवावमा राख्यो। पहिलो हाफमै बार्सिलोनाले खेल आफ्नो नियन्त्रणमा लिएको थियो। ओल्मोले खेलको ३५औं मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए, भने टोरेजले ७२औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

यो जितपछि बार्सिलोनाले २५ खेलबाट ५४ अंक जोड्दै लिगको शीर्ष स्थान मजबुत पारेको छ, भने एटलेटिको म्याड्रिड ५३ अंकसहित दोस्रो स्थानमा रहेको छ।

लस पलमास भने संघर्षरत अवस्थामा रहेको छ। २५ खेलबाट मात्र २३ अंक जोड्दै, लिग तालिकाको १७औं स्थानमा सीमित भएको छ। लस पलमासका लागि आगामी खेलहरू अझै चुनौतीपूर्ण हुने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ