काठमाडौं । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएसँगै युरोपियन फुटबलप्रेमीहरूका लागि रोमाञ्चक भिडन्त तय भएका छन्। सबैभन्दा धेरै चासोको विषय बनेको छ— रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको म्याड्रिड डर्बी। स्पेनिस क्लबहरूको भिडन्त च्याम्पियन्स लिगको यो सिजनमा रियल म्याड्रिडले घरेलु प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडको सामना गर्नेछ, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ। यस सिजन ला लिगामा राम्रो प्रदर्शन गरिरहेका यी दुवै क्लबबीचको प्रतिष्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। आर्सनल vs. पीएसभी (नेदरल्याण्ड्स) पिएसजी vs. लिभरपुल – दुई ठूला युरोपियन क्लबहरूबीचको रोचक भिडन्त एस्टन भिल्ला vs. क्लब ब्रुगेस बार्सिलोना vs. बेनफिका बोरुसिया डोर्टमुण्ड vs. लिले बायर्न म्युनिख vs. बायर लिभरकुसेन – जर्मन क्लबहरूबीचको प्रतिष्ठाको लडाइँ इन्टर मिलान vs. फेयनूर्ड (नेदरल्याण्ड्स) युइएफएले सार्वजनिक गरेको तालिका अनुसार, राउण्ड १६ को पहिलो लेग मार्च ४ र ५ मा हुनेछ भने दोस्रो लेग मार्च ११ र १२ मा खेलाइनेछ। यो चरण पार गर्दै अगाडि बढ्न क्लबहरूले आफ्नो उच्च प्रदर्शन दिनुपर्नेछ। खासगरी, म्याड्रिड डर्बी र पिएसजी-लिभरपुलको खेल फुटबलप्रेमीहरूका लागि सबैभन्दा प्रतीक्षित हुने देखिएको छ।