ईबरेङ ।
मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले दुई जनालाई पुरेको हो ।
माटोको ढिस्कोले पुरिएका दुबै जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
मृतक सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका १ बस्ने ३० वर्षीय रवि दर्लामी मगर छन् ।
उनीहरू माटोको ढिस्कोले परिएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएर शव निकालेको हो ।