काठमाडौं- ९ फागुन – पान इन्डिया सुपरस्टार अल्लु अर्जुन र निर्देशक एटलीको आगामी सहकार्यले बलिउड र दक्षिण भारतीय सिनेमा प्रेमीहरूलाई उत्साहित बनाएको छ। अल्लु अर्जुन, जो कि ‘पुष्पा २’को मेगा सफलता पछि व्यस्त छन्, अब एटलीसँगको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन्। सूत्रका अनुसार, अल्लु अर्जुनको आगामी फिल्मको लाइनअपमा केही परिवर्तन आएको छ। यसअघि, अभिनेता त्रिविक्रम श्रीनिवाससँग एक पौराणिक महाकाव्य फिल्मको लागि सहकार्य गर्ने योजना बनाएका थिए। तर, अब एटलीसँगको सहकार्यको निर्णय उनीहरूले लिएर आगामी वर्षमा नयाँ फिल्मको तयारीमा छन्। यो परिवर्तनसँगै, एटलीले सलमान खानसँगको ५०० करोडको पान इन्डिया प्रोजेक्टलाई स्थगित गर्ने निर्णय लिएका थिए। निर्माताहरूले सलमान खानसँग यति ठूलो बजेट लगानी गर्ने क्षमता नभएको बताएपछि प्रोजेक्ट रद्द गरियो। यसपछि, एटली अल्लु अर्जुनतिर फर्किए र नयाँ प्रोजेक्ट ‘एए २२’को तयारी थाले। ‘एए २२’को निर्माणमा सन पिक्चर्स र गीता आर्ट्स सँग सहकार्य गर्ने तयारी गरिएको छ। यस फिल्मको संगीत अनिरुद्ध रविचन्द्रनले दिनेछन्। केही अफवाहहरूमा अभिनेत्री जान्हवी कपूरको मुख्य भूमिका निभाउने भनिएको छ, तर यसको पुष्टि भने हालसम्म भएका छैन।