+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरन्जन

धार्मिक आस्थामाथि कुनै प्रहार गरेका छैनौं”मह जोडीको

जनवाच
१ महिना अगाडी

लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूलाई गलत रूपमा चित्रित गर्ने प्रयासप्रति गम्भीर असन्तोष जनाएका छन्। हालै एक भिडियो सन्देश जारी गर्दै उनीहरूले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको र अनावश्यक हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्।

अमेरिकी संस्था यूएसएडको सहयोग लिएर धर्म परिवर्तन गराएको आरोप आफूहरूलाई दुःखद लागेको मह जोडीले बताएका छन्। “हामी कलाकार हौं, हाम्रो काम मनोरञ्जन दिनु हो। धर्म परिवर्तन गराउने कुनै नियत वा प्रयास हाम्रो छैन,” हरिवंश आचार्यले भने।

आचार्यका अनुसार हाल आफूहरू चलचित्रको छायांकनमा व्यस्त रहँदा आधारहीन हल्ला फैलाएर अप्ठ्यारो पार्ने प्रयास भइरहेको छ। उनले थपे, “हामीले गरेका सबै कार्यक्रम युट्युबमा उपलब्ध छन्। यदि कोही सत्य बुझ्न चाहन्छ भने ती सामग्रीहरू हेरे पुग्छ। हामीमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा निराधार छन्।”

यस घटनाप्रति दर्शक र शुभचिन्तकहरूले समेत ध्यान दिनुपर्ने मह जोडीको आग्रह छ। “झुटा प्रचारमा नफसौं, सत्यलाई बुझ्ने प्रयास गरौं,” मदनकृष्ण श्रेष्ठले भने।

मह जोडीले मनोरञ्जन क्षेत्रमै केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्दै दर्शकहरूको माया र समर्थनको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ