+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

सावित्राको प्रहारले नेपाललाई पहिलो हाफमा अग्रता

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन ८ – अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले लेबनानविरुद्ध पहिलो हाफमा १–० को अग्रता कायम गरेको छ। घरेलु मैदान दशरथ रंगशालामा जारी प्रतिस्पर्धामा सावित्रा भण्डारी (सम्बा) ले ४२औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।

विमला चौधरीको कर्नर बललाई लेबनानकी डिफेन्डर लायला इस्कन्दरले क्लियर गर्न खोजेकी थिइन्, तर सावित्राले बक्स बाहिरबाट गरेको दमदार प्रहार लेबनानी गोलकिपर फराह इल टयारलाई लाग्दै गोल पोस्टमा जाली चुम्यो।

नेपालले पहिलो हाफसम्म आफ्नो अग्रता जोगाएको छ। अब दोस्रो हाफमा टोलीले यो लयलाई निरन्तरता दिन सकेमा जित नजिक हुनेछ

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ