काठमाडौं – बनेपामा मुख्यालय रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि. ले आफ्नो नयाँ शाखा सतुंगल, काठमाडौंमा भव्य समारोहका साथ उद्घाटन गरेको छ। नेपालका निर्माण सामग्री उद्योगका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवाल ले रिबन काटेर शाखाको औपचारिक सुरुआत गर्नुभयो।
मनकामना हार्डवेयरका संचालक राम प्रसाद झाङ का अनुसार यो शाखा विशेष गरी काठमाडौं, भक्तपुर, धादिङ र नुवाकोट का निर्माण व्यवसायीहरूलाई अझ सरल र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। अर्का संचालक सज्जन अग्रवाल ले यो विस्तारले विशेष गरी काठमाडौं उपत्यकाका ग्राहकहरूलाई छिटो, सहज र गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा निर्माण सामग्री उत्पादन गर्ने ठूला उद्योगहरूका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित थिए, जसमा अम्बे स्टील्स, अर्घाखाची सिमेन्ट, हुलास स्टील्स, जगदम्बा प्लास्टिक, सिद्धिलक्ष्मी स्टिल्स, लक्ष्मी स्टिल लगायतका कम्पनीहरू प्रमुख रूपमा समावेश थिए। मनकामना हार्डवेयरले नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रमुख अतिथि शंकरलाल अग्रवाललाई सम्मान पत्र प्रदान गर्यो।

मनकामना हार्डवेयरले हाल बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ लगायत स्थानबाट आफ्नो सेवा दिँदै आएको छ। आजदेखि थली र सतुंगल गरी काठमाडौंमा दुई नयाँ शाखाहरू सञ्चालनमा आएका छन्। संचालक अग्रवालका अनुसार आगामी दिनमा बागमती, मधेस, गण्डकी हुँदै देशभर शाखा विस्तार गर्ने योजना रहेको छ।
सतुंगल शाखाका प्रमुख रोशन पाठक ले नयाँ शाखालाई माया र विश्वास दिएर सेवा लिने अनुरोध गर्दै निर्माण सामग्री आवश्यक परेका सबै व्यवसायीहरूलाई सतुंगल शाखाबाट सहज सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँ शाखा सञ्चालनसँगै, मनकामना हार्डवेयर एण्ड सप्लायर्सले अब निर्माण व्यवसायीहरूलाई अझ प्रभावकारी सेवा दिन सक्ने अपेक्षा गरिएको छ।