+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अभिनेत्री निता ढुंगानाको प्रधानमन्त्री ओलीलाई आक्रोश: “नेपालको इज्जत जोगाउन कदम चाल्नुहोस्”

जनवाच
२ महिना अगाडी

काठमाडौं – नेपाली अभिनेत्री निता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय बेइज्जतीको विरोध जनाउँदै गम्भीर प्रश्न उठाएकी छन्।

निता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन् कि, नेपालको उन्नति र प्रगति को बारेमा प्रधानमन्त्री ओलीको कार्यशैलीमा उनलाई कुनै सकारात्मक परिवर्तन देखिएको छैन। उनले भने, “पहिला हामीले सोच्यौं कि प्रधानमन्त्री ओली जस्तै नेताको आवश्यकता छ, तर आज म कन्फ्युजनमा छु,” भन्ने उनले उल्लेख गरिन्।

नेपालको इज्जत र प्रधानमन्त्रीको जिम्मेवारी

निता ढुंगानाले भारतको ओडिसा विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको अपमानको घटनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अपमानित गरेको आरोप लगाइन्। उनले भने, “नेपाली विद्यार्थीहरूको न्यायको माग गर्दै, त्यहाँको विश्वविद्यालयको अध्यक्षले नेपाललाई बेइज्जत गरिन्।”

उनले प्रधानमन्त्री ओलीलाई नेपालको इज्जत जोगाउन र नेपाली जनताको भावना बुझ्न आग्रह गरेकी छन्। उनले भने, “हामी विश्वास र सपनाका आधारमा अघि बढ्न चाहन्छौं, तर आजको नेपालमा यस्ता कुराहरु सिमित मात्र भएका छन्।”

नेपालको स्थिति र भविष्यको सवाल

निता ढुंगानाले नेपालको राजनीतिक नेतृत्वमा व्याप्त समस्याबारे प्रश्न उठाउँदै भने, “कहाँ गयो त्यो जोस, जाँगर र दृढता?” उनले नेपालको शासक पार्टीहरूलाई पनि जिम्मेवार ठहराइन् र भनिन्, “यो बेइज्जतीको जिम्मेवारी तपाईहरूले लिने हो कि होइन?”

उनले नेपालको भविष्य र नेपाली जनताको भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीसँग नेपालको सम्मान र प्रतिष्ठाको लागि कदम चाल्न अपील गरिन

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ