+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थ

भाटभटेनी सुपरमार्केट कर्पोरेट बास्केटबलको शीर्ष प्रायोजक, दोस्रो सिजनको तयारी तीव्र

जनवाच
२ महिना अगाडी

काठमाडौं – नेपालको कर्पोरेट बास्केटबल क्षेत्रमा नयाँ उत्साह थप्दै, भाटभटेनी सुपरमार्केट आगामी ३×३ कर्पोरेट बास्केटबल सिजन–२ को शीर्ष प्रायोजक बनेको छ।

प्रतियोगिता फागुन १७–१८ गते काठमाडौंको मम्बा स्पोर्ट्स सेन्टरमा आयोजना हुँदैछ।

गेटसेटगेम – एरोस सोलुसन प्रा. लि. द्वारा आयोजित यस प्रतियोगितामा १६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्नेछन्।

गत वर्षको विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि सुरक्षित गर्न मैदानमा उत्रँदैछन्।

कर्पोरेट खेलकुद प्रवद्र्धनमा भाटभटेनीको महत्वपूर्ण योगदान

एरोस सोलुसनका प्रबन्ध निर्देशक राज जङ्ग थापा भन्छन्, “हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं। उनीहरूको योगदान नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ।”

प्रतियोगिताका अन्य प्रायोजकहरू:
पेपे पिज्जा – फुड पार्टनर 
ऊप्स, आइ लाइक इट – मनोरञ्जन पार्टनर 
मम्बा स्पोर्ट्स सेन्टर – कोर्ट पार्टनर 
ह्याम्स अस्पताल – मेडिकल पार्टनर

टिम दर्ताका लागि खुला आव्हान

कर्पोरेट संस्थाहरूले फेब्रुअरी २४, २०२५ भित्र टिम दर्ता गराउनुपर्नेछ। पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा सीट उपलब्ध गराइनेछ।

इच्छुक टिमहरूले गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू मार्फत दर्ता प्रक्रिया पूरा गर्न सक्छन्।

कर्पोरेट खेल संस्कृतिको विकासमा नयाँ उचाइ

गेटसेटगेम – एरोस सोलुसनले न्यु ब्यालेन्स ३×३ कर्पोरेट बास्केटबल सिजन–१, सुपर एक्स टी१० क्रिकेट, र केएफसी कर्पोरेट टी१० क्रिकेट जस्ता सफल प्रतियोगिताहरू आयोजना गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ