काठमाण्डौ, साउन ४ गते ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बागमती तथा लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।
शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।