काठमाडौं– देशभर पश्चिमी वायू र न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा मौसम परिवर्तनशील हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पर्न सक्ने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान छ।
यसैबीच, तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, तथा यातायात क्षेत्रमा असर पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।